
राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको ‘नजरबन्द’ हटेको छ ।
गत चैत १५ मा तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनका हिंसात्मक बनेसँगै सुवेदीलाई घरबाट बाहिर निस्कन नदिई २४ सै घण्टा प्रहरी निगरानीमा राखिएको थियो ।
सुवेदीले आज एक विज्ञप्ति जारी गर्दै आफूमाथिको प्रहरी निगरानी हटेको उल्लेख गरेका छन् । उनले आफू समितिको नियमित काममा फर्किएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु,’ विज्ञप्तिमा भनिएको छ। उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
सुवेदीलाई घर बाहिर निस्कन नदिएपछि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङलाई दिइएको थियो ।
