२३ असार २०८३, मंगलबार

घरायसी विवादमा आमाले खुवाइन् तीन बच्चालाई विषादी, तीनै जनाको मृत्यु

बैशाख ९, २०८२
काठमाडौं
घरायसी विवादमा आमाले खुवाइन् तीन बच्चालाई विषादी, तीनै जनाको मृत्यु

घरायसी विवादमा धनुषामा आमाले आफ्ना छोराछोरीलाई विष खुवाउँदा तीन बालबच्चाको मृत्यु भएको छ ।​

शहीदनगर नगरपालिका– ५ स्थित बासुदेवपट्टी बस्ने ३० वर्षीया बबिता साहले घरको झगडामा सोमबार साँझ शुरूमा दुई छोरी र एक छोरालाई विष सेवन गराएर आफूले समेत विष सेवन गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय यदुकुवाका प्रमुख एवं प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार विष सेवनबाट बबिताको ६ वर्षीय छोरा आदित्य, ४ वर्षीया छोरी आकृति र २ वर्षीया छोरी आरुसीको मृत्यु भएको हो ।

बबिताको भने प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरमा उपचार भइरहेको छ । स्थानीय सुशील साहकी पत्नी बबिताको पेटमा नौ महिनाको गर्भ रहेपछि अस्पतालमा उनको शल्यक्रिया गरेर जीवितै बच्चा निकालिएको थियो ।

यादवका अनुसार तीन जना बालबालिकाको उपचारको क्रममा मृत्यु भएको हो । बबिताको घरमा यसअघि पनि घरायसी विवादमा झैझगडा हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक यादवका अनुसार बबिता भेन्टिलेटरमा रहेकाले थप केही खुल्न सकेको छैन ।​ ‘प्रारम्भिक अनुसन्धानमा घरायसी समस्याको कारण बबिताले आफू र बच्चालाई विष खुवाएको भन्ने बुझिएको छ,’ यादवले लोकान्तरसँग भने,‘ बबिता भेन्टिलेटरमा रहेकाले सोधपुछ गर्ने कुरा भएन, पहिला उपचार होस् अनि थप अनुसन्धानको पाटो अगाडि बढाउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्