०६ असार २०८३, शनिबार

सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

बैशाख ९, २०८२
काठमाडौं
सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

 सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय राजीव सिंह र सोही मोटरसाइकलको पछाडी सवार १९ वर्षीय प्रिन्स सिंह रहेका छन् । प्रहरीले प्रिन्सको साथबाट सानो कटुवा पेस्तोल कम्मरमा भिरेको अवस्थामा एक थान र सो को गोली एक थान बरामद गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिरहाबाट आज पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्