३२ असार २०८३, बिहीबार

अब काँग्रेसको शासनसत्ता  मासिन्छ : केपी  ओली

मंसिर १३, २०७४
अब काँग्रेसको शासनसत्ता  मासिन्छ : केपी  ओली

 झापा, १३ मंसिर - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र वाम गठबन्धनले नै जित्ने दाबी गरेका छन्  । 

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “पाँच वटा प्रतिनिधिसभा र दश वटा प्रदेशसभा एमालेसहितको तालमेलले जित्छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका  ओलीले चुनावपछि आउने परिणामले देशमा लोकतन्त्र मासिदैन, काँग्रेसको शासनसत्ता मात्र मासिने बताए  । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले काँग्रेससँग लोकतन्त्रको अभ्याससम्बन्धी सुशासन, पारदर्शीता, राष्ट्रिय एकता, सामाजिक सद्भावको कुरा केही नभएकोले काँग्रेस आफ्नो फाइदाको निम्ति चल्ने पार्टी भएको आरोप लगाए । 

salt training

कमेन्ट गर्नुहोस्