१० असार २०८३, बुधबार

जम्मु-कश्मीरमा आतंकवादी हमलापछि दिल्लीसम्म सुरक्षा व्यवस्था कडा

बैशाख १०, २०८२
काठमाडौं
जम्मु-कश्मीरमा आतंकवादी हमलापछि दिल्लीसम्म सुरक्षा व्यवस्था कडा
फाइल तस्वीर

भारतको जम्मू-कश्मीरस्थित पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलापछि राजधानी दिल्लीसम्म सुरक्षा व्यवस्था कडा पारिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

अधिकारीहरूले यो कदम सावधानीका रूपमा उठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मंगलबार जम्मू-कश्मीरको पहलगाममा पर्यटकहरूमाथि आतंकवादी आक्रमण भएको थियो । आक्रमणमा अतिवादीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए, जसमा एक नेपालीसहित २७ बढीको मृत्यु भएको थियो ।

आक्रमणपछि दिल्ली प्रहरीले शहरभर सुरक्षा व्यवस्था बढाएको छ।

विशेषगरी पर्यटकीय स्थल र शहरको सिमानामा कडा जाँच र निगरानी भइरहेको समाचारमा उल्लेख छ । 

सुरक्षाकर्मीहरूले विभिन्न स्थानमा सवारी साधन जाँच गरिरहेका छन् र सडकहरूमा व्यापक अवरोध गरिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्