१५ असार २०८३, सोमबार

देशभरका १६ वटा चेकपोइन्टमा निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’

बैशाख १०, २०८२
काठमाडौं
देशभरका १६ वटा चेकपोइन्टमा निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’

नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ शुरू गरेको छ । नजिकिँदै गरेको वर्षा ऋतु तथा मनसुनको अवसरमा यो विशेष सर्भिस क्याम्प ल्याइएको कम्पनीले जनाएको छ ।

यो क्याम्प वैशाख १०, ११ र १२ गते देशव्यापी रूपमा सञ्चालन हुने छ । यो सर्भिस क्याम्प काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत गरी निसानको देशभरका १६ वटा विभिन्न चेकपोइन्टहरूमा एकैसाथ सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । 

‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’अन्तर्गत ग्राहकहरूले निसान गाडीको चेक-अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधाहरू लिन सक्नेछन् । यी सुविधाहरू अन्तर्गत ग्राहकहरूले ‘टप वास’ नि:शुल्क प्राप्त गर्नेछन् भने जुनै सेवा लिँदा पनि कुनै ‘लेबर चार्ज’ तिर्नुपर्ने छैन ।

त्यस्तै ‘सस्पेन्सन, क्लच’जस्ता पार्टपूर्जा तथा निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट प्राप्त गर्नेछन्, अनि १५ प्रतिशत छुटमा ‘बडी सप जब्स’ सुविधा लिन सक्नेछन् । त्यसैगरी ल्युब्रिकेन्ट, ‘फिल्टर पार्ट्स’, र ‘ब्रेकप्याड तथा सु’मा १० प्रतिशत छुटबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाइको छ ।

salt training

कमेन्ट गर्नुहोस्