०३ साउन २०८३, आइतबार

भारतीय समकक्षी मोदीसँग ओलीले गरे टेलिफोन संवाद

बैशाख १०, २०८२
काठमाडौं
भारतीय समकक्षी मोदीसँग ओलीले गरे टेलिफोन संवाद
फाइल तस्वीर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । 

जम्मू-कश्मीरमा आतंकवादी हमला भएको घटनाको विषयमा ओलीले भारतीय समकक्षी मोदीसँग बुधबार दिउँसो कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले मोदीसँग कश्मीरमा आतंकवादीले क्रुर घटना गराएको भन्दै यसविरुद्ध भारतप्रति नेपालको दृढ ऐक्यवद्धता भएको उल्लेख गरेका छन् । 

कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाउनेहरूप्रति ओलीले गहिरो समवेदना व्यक्त गरे । 

जवाफमा मोदीले आभार प्रकट गरेका छन् । मंगलबार भएको आक्रमणमा एक नेपालीसहित २८ जना मारिएका थिए ।

मोदीसँगको कुराकानीपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा हिन्दी र अंग्रेजी भाषामा वक्तव्य दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्