
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि संसदीय समितिको छलफलमा शिक्षामन्त्रीको तर्फबाट कृषिमन्त्री जाने भएका छन् ।
हाल प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक सम्बन्धमा भइरहेको छ ।
‘छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय विद्या भट्टराईज्यूको अनुपस्थितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीज्यूले सहभागिता जनाउनुहुने ब्यहोरा आदेशानुसार सादर अनुरोध छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समितिलाई पठाएको पत्रमा भनिएको छ ।