
काठमाडौँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।