१५ असार २०८३, सोमबार

पहलगाम आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले चाल्यो कडा कदम

बैशाख १०, २०८२
काठमाडौं
पहलगाम आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले चाल्यो कडा कदम

पहलगाम आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार भएको मन्त्रिपरिषद् सुरक्षा बैठकमा ५ प्रमुख निर्णय लिइएका छन्। 

साढे दुई घण्टासम्म चलेको बैठकमा रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकलगायत  अधिकारीहरू उपस्थित थिए।

विदेश सचिव विक्रम मिश्रीले भने, 'पहलगाम आतंकवादी आक्रमणको गम्भीरतालाई ध्यानमा राख्दै, मन्त्रिपरिषद् सुरक्षा समिति  ५ प्रमुख निर्णय गरेको छ । जसमा पाकिस्तानसँगको सिन्धु जल सन्धि स्थगित गर्ने, भारतमा रहेका सबै पाकिस्तानी सैन्य सल्लाहकारहरूलाई एक हप्ता भित्र भारत छोड्न निर्देशन दिने र  भारतले पनि आफ्ना सल्लाहकारहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ । 

यसैगरी पाकिस्तानीहरूको भिसा रद्द गर्ने र अटारी सीमा चौकी बन्द गर्ने निर्णय भएको छ । 

यसैबीच सरकारले बिहीबार सर्वदलीय बैठक बोलाएको छ।  पहलगाम आक्रमणमा २६ जनाको मृत्यु भएको छ। तीमध्ये एक जना नेपाली नागरिक छन्। २० भन्दा बढी घाइते भएका छन्। अप्रिल २२ मा बैसरन उपत्यकामा ठूलो संख्यामा पर्यटकहरू उपस्थित भएको बेला आक्रमण गरिएको थियो। मृत्यु हुनेमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू छन्। नेपाल र युएईका एक-एक पर्यटक र २ स्थानीय पनि मारिएका छन्।

यसैबीच, सुरक्षा र गुप्तचर निकायहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन्। उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा दिइएको छ।

गुप्तचर स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड लश्कर-ए तैयबाका उपप्रमुख सैफुल्लाह खालिद रहेको बताएका छन्, जो पाकिस्तानमा बस्ने गरेका छन्। प्रारम्भिक अनुसन्धानले आक्रमणमा ५ आतंककारीहरू संलग्न रहेको खुलासा गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्