०६ साउन २०८३, बुधबार

नेपाली जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

बैशाख ११, २०८२
काठमाडौं
नेपाली जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेले आफ्नो पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनले पारसमणि मिश्रलाई नयाँ अध्यक्षमा निर्वाचित गरेको छ। उनले २८३ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी सालिकराम अर्यालले १८६ मत प्राप्त गरेका थिए।

समग्रमा ४४४ मत खसेकोमा ३५ अनलाइनबाट र १० मत अवैध ठहरिएको थियो।

उपाध्यक्षमा गणेश थापा (२६५ मत), चक्र बिक्रम शाही (२६२ मत), रमेश घिमिरे (२२७ मत), र गिरीराज अधिकारी (२२० मत) निर्वाचित भएका छन्।

बन्द सत्रमा नर्वेमा नेपाली राजदूतावास स्थापनाको माग गर्दै समितिले नेतृत्व लिनुपर्ने सिफारिस पारित गरिएको छ।

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि एवं जनसम्पर्क समिति भारतका सभापति बालकृष्ण पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले नेपाली समुदायको सीप, नेटवर्क र अनुभवलाई नेपालको समृद्धिमा लगानी गर्न आग्रह गर्दै नर्वे अधिवेशनलाई अनुशासित र व्यवस्थित भएकोमा प्रशंसा गरे।

salt training

कमेन्ट गर्नुहोस्