०१ असार २०८३, सोमबार

त्रिशूली बस दुर्घटनाका घाइतेको यस्तो बयान

मंसिर १४, २०७४
त्रिशूली बस दुर्घटनाका घाइतेको यस्तो बयान

काठमाडौँ, १४ मङ्सिर - काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु.१ख २९१ नम्बरको बस बुधबार बिहान चितवनको चुम्लिङटारमा दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १९ घाइते भएका छन् । बिहान ९ बजेतिर विपरीत दिशाबाट आइरहेको ना.६ख ४९७२ नम्बरको ट्रकसँग ठक्कर खाएपछि बस त्रिशूलीमा खसेको थियो, नयाँ पत्रिकामा खबर छ  ।

सात यात्रुको घटनास्थलमै र एककोे उपचारको क्रममा काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घाइते इन्दिरा दमासे भन्छिन् :

म र भाइ सन्दीप अर्घाखाँची जाँदै थियौँ । बिहान ५ बजेर ३० मिनेट जाँदा कलंकीबाट बस छुट्यो । करिब ३०–३२ यात्रु थियौँ । नौबिसेमा खाजा खायौँ । चालकले राम्ररी नै बस कुदाइरहेका थिए । बिहान ९ बजेतिर फिस्लिङ बजार कटेपछि दुर्घटना भयो । विपरीत दिशाबाट आएको ट्रकले अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा हाम्रो लेन मिच्यो । ट्रकले आफ्नो लेन समाउन भ्याएन । घुम्तीजस्तो भएकाले बस पनि आफ्नै गतिमा थियो । तर, ट्रकले सीधै हाम्रो बसलाई हान्यो । मैले देखेअनुसार ट्रक र बस रोकिए । ट्रक पुनः पछाडि हट्यो र फेरि जोडले बसलाई हान्यो । पहिलोपटक हान्दा हामी सडकमै रोकिएका थियौँ । दोस्रो धक्कामा गाडी त्रिशूलीमा खस्यो । म बेहोस भएछु । घाइते अवस्थामै नदी–किनारबाट मलाई उद्धार गरे ।

salt training

कमेन्ट गर्नुहोस्