०२ असार २०८३, मंगलबार

घरपालुवा जनावरको फोहर सफा गर्ने अचम्मको मशिन, आफैं गर्छ काम

मंसिर १४, २०७४
घरपालुवा जनावरको फोहर सफा गर्ने अचम्मको मशिन, आफैं गर्छ काम

काठमाडौं, १४ मंसिर — घरपालुवा जनावरले घरमा जथाभावी दिसा गरिदिएपछि त्यसलाई सफा गर्न मानिसलाई मन पर्दैन । तर हालै एउटा यस्तो आविष्कार भएको छ जसले यो समस्यालाई सजिलै हल गरिदिन्छ । 

बेलायतको एक कम्पनीले तयार पारेको डिभाइसले कुकुर बिराला जस्ता घरपालुवा जनावरले गरेको फोहरलाई फ्लश गरेर सफा गरिदिन्छ । 

डिभाइसको नाम अटोमेटिक लिटर बक्स हो । यसमा कुकुर र बिरालो जस्ता साना जनावर बस्छन् । यसमा भएका सेन्सरहरूले जनावरले फोहर गर्नेबित्तिकै फ्लश गरिदिन्छन् । 

यो डिभाइसमा बिरालो र अनेक किसिमका छाउराका लागि सफ्टवेयर हालिएको छ । नयाँ डिभाइस जनावरमैत्री बनाउन र तालिम दिन मद्दत गर्छ । 

रिपोर्टअनुुसार, यो डिभाइस छिट्टै बजारमा उपलब्ध गराउँछ । यसको मूल्य लगभग १६ हजार रुपैयाँ छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्