१० साउन २०८३, आइतबार

शिक्षकका समस्या वार्ताबाटै समाधान गर्छु- शिक्षामन्त्री पन्त

बैशाख ११, २०८२
काठमाडौं
शिक्षकका समस्या वार्ताबाटै समाधान गर्छु- शिक्षामन्त्री पन्त

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकका माग वार्ताबाटै समाधान गर्ने बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि बिहीबार दिउँसो मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पन्तले वार्ताबाटै शिक्षकका माग समाधान गर्ने बताएका हुन् । 

‘म भर्खरै आएको छु, शिक्षकका मागका विषयमा के भइरहेको छ बुझ्न बाँकी नै छ’, मन्त्री पन्तले कार्यभार सम्हालेपछि सञ्चारकर्मीसँग भने, ‘तर, आन्दोलनरत शिक्षकका माग वार्ताबाटै समाधान गर्ने प्रयत्नमा सम्पूर्ण ध्यान केन्द्रित गर्छु ।’

आफू बोल्नेभन्दा काम बढी गर्ने पक्षमा रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्