०४ असार २०८३, बिहीबार

यी हुन् संसारका सबभन्दा खतरनाक काम, ज्यान जोखिममा राखेर काम गर्छन् मानिस

मंसिर १४, २०७४
यी हुन् संसारका सबभन्दा खतरनाक काम, ज्यान जोखिममा राखेर काम गर्छन् मानिस

काठमाडौं — हरेक मानिसले कुनै पनि व्यवसाय छान्नुअघि धेरै सोचविचार गर्छ किनकि त्यसमै उसको भविष्य निर्भर रहन्छ । 

संसारमा धेरै व्यवसायमा पैसा धेरै हुन्छ तर काम पनि उत्तिकै खतरनाक हुन्छ । यहाँ हामी केही यस्ता खतरनाक व्यवसायका बारेमा कुरा गर्दैछौं । 

संसारको खतरनाक काममध्ये एक माछा मार्ने पनि हो । माझीहरूले बेमौसममा पनि माछा समात्नुपर्छ । कहिले बर्खा, कहिले तूफान र जाडोमा पनि काम गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जहाजमा प्राविधिक समस्या आएर बीच समुद्रमै दुर्घटना हुन्छ र माझीको ज्यान जान्छ । 

एक संवाददाताले न्युज कभर गर्नुपर्ने हुन्छ । युद्धको समाचार कभर गर्ने संवाददाताले पनि पाठकलाई युद्ध भइरहेको ठाउँको जानकारी दिन्छ । तर कहिलेकाहीँ त्यहाँ खतरनाक स्थिति आएर संवाददातामाथि नै आक्रमण पनि हुन सक्छ ।

दाउरेले दिनदिनै रुख काट्नुपर्ने हुन्छ । दिनदिनै उसले भारी मशिन प्रयोग गर्नुपर्छ । कहिलेकाहीँ रुख नै मानिसमाथि लडेर मानिसको मृत्यु हुन्छ । 

निर्माण मजदुरले भारी सामान उठाउनुपर्छ । साइट बनाउने क्रममा लडेर धेरै मजदुरको मृत्यु हुन्छ ।

बुल राइडरले साढेमाथि बसेर त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । राइडर लडेर चोटपटक लाग्ने सम्भावना धेरै हुन्छ । 

पर्वतारोहीलाई गाइड गर्ने मानिसले बाटो देखाउने मात्र नभई सुरक्षा पनि दिनुपर्ने हुन्छ । कहिलेकाहीँ भारी सामान पनि बोक्नुपर्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्