१२ साउन २०८३, मंगलबार

चिनियाँ प्रशिक्षक नेपालमा

बैशाख ११, २०८२
काठमाडौं
चिनियाँ प्रशिक्षक नेपालमा

नेपाल उसु महासङ्घको आयोजनामा जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छवान् नेपाल आएका छन् ।

    निर्णायक जियान्छवान्लाई उसु महासङ्घका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुङ्गाना, उपमहासचिव राजीव महर्जनलगायत पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्वागत गरे । लगत्तै उनले कोर्षमा सहभागीलाई प्रशिक्षण दिएका थिए । उनले शुक्रबारसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

    महासचिव ढुङ्गानाले नेपालमा योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको बताए । निर्णायक जियान्छवाने नेपालको उसु विकासमा महासङ्घसँग सहकार्य गर्न तयार रहेको बताए । निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् । 

salt training

कमेन्ट गर्नुहोस्