२२ जेठ २०८३, शुक्रबार

पाल्पामा पुरुषको शव फेला

बैशाख ११, २०८२
पाल्पा
पाल्पामा पुरुषको शव फेला

पाल्पाको तिनाउ गाउँपालिकामा शव फेला परेको छ । तिनाउ–३ आँपखोला मुहानस्थित तिलोत्तमा सामुदायिक जङ्गलस्थित आँपखोलाको किनारमा आज एक पुरुषको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार चिन्नै नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ । 

 शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक मल्लले बताए। उनका अनुसार करङको भाग तथा हड्डी र कङ्काल मात्र रहेको अवस्था शव भेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्