
नेपाल ओलम्पिक कमिटी (एनओसी)का विभिन्न ९ वटा बैंकमा रहेका १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ । ९ वटै बैंकले बिहीबार एनओसीका खाता रोक्का भएको जानकारी खेलकुद मन्त्रालयलाई गराएका हुन् ।
यसअघि नेपाल राष्ट्र बैंकले एनओसीका विभिन्न बैंकमा रहेका १६ वटा खाताको विवरण युवा तथा खेलकुद मन्त्रालयमा उपलब्ध गराएपछि अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई खाता रोक्का गर्न निर्देशन दिइएको थियो ।
परिषद्ले वैशाख ७ गते विभिन्न ९ वटा बैंकमा रहेका एनओसीको खाता रोक्न पत्राचार गरेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटीको ९ वटा बैंकमा रहेका १६ वटा खाता र खाता नम्बर वैशाख ३ गते युवा तथा खेलकुद मन्त्रालयमा पठाएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले गत चैत्र १० गते नेपाल ओलम्पिक कमिटीको नाममा विभिन्न बैंकमा रहेका खाताको विवरण उपलब्ध गराइदिन अनुरोध गरेको थियो।