०६ असार २०८३, शनिबार

एक सातापछि थाइल्याण्डबाट स्वदेश फर्किँदै देउवा

बैशाख १२, २०८२
काठमाडौं
एक सातापछि थाइल्याण्डबाट स्वदेश फर्किँदै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किने भएका छन् । उपचार र पारिवारिक जमघटका लागि गत आइतबार थाइल्याण्ड गएका देउवा आज मध्याह्न नेपाल फर्किन लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘सभापतिजी, परराष्ट्रपति आरजु राणासहितको टिम आज साढे १२ बजेसम्म काठमाडौं आइपुग्नुहुन्छ’ पौडेलले लोकान्तरसँग भने ।

देउवा परराष्ट्रमन्त्री आरजु, छोरा बुहारी र स्वकीय सचिव भानु देउवासहित एक साताअघि बैंकक प्रस्थान गरेका थिए ।

परराष्ट्र राणा थाइल्याण्डमा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१औँ सम्मेलनमा सहभागी भएकी थिइन् ।

गभर्नर नियुक्ति, शिक्षक आन्दोलन, संसद्‌का विधेयकमा अलमल भएको र सरकारको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सरकारको विषयमा कांग्रेसभित्रै प्रश्न उठेको छ । यहीबेला देउवा थाइल्याण्ड गएपछि राजनीतिक वृत्त गर्माएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनहुँ सरकार ढल्ने दाबी गर्दै आएका छन् । यही बेला कांग्रेस नेताले समेत सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बिहीबार सरकार बनाउने र बचाउनेमा आफूलाई कुनै चिन्ता नभएको बताएका थिए । आफ्नो ध्यान २०८४ को चुनावमा एमालेलाई ठूलो बनाउन रहेको भन्दै सरकारको बारेमा चिन्ता नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्