
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् ।
उपचार र पारिवारिक जमघटका लागि गत आइतबार थाइल्याण्ड गएका देउवा शुक्रबार १२ बजेर २० मिनेटमा काठमाडौं उत्रिएका हुन् । थाइ एयरलाइन्सको विमानमार्फत देउवा स्वदेश फर्किएका हुन् ।
देउवा गत आइतबार परराष्ट्रमन्त्री आरजु, छोरा बुहारी र स्वकीय सचिव भानु देउवासहित एक साता अघि थाइल्याण्डको बैंकक प्रस्थान गरेका थिए । देउवा उपचारको फलोअपको लागि थाइल्याण्ड गएका थिए ।
देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा भने थाइल्याण्डमा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रको आर्थिक एवं सामाजिक आयोग (एस्क्याप) को ८१ औं सम्मेलनमा सहभागी भएकी हुन् । गभर्नर नियुक्तिमा सत्तारुढ दलबीच किचलो बढिरहँदा देउवाको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सरकारमा भए पनि प्रधानमन्त्रीको कार्यशैलीलाई कांग्रेसकै नेताहरूले विरोध गर्दै आएका छन् ।