
काठमाडौं, १४ मंसिर — क्यानाडाको भ्यानकूभरमा बस्ने एक महिलाले सामाजिक सञ्जालमा अचम्मका तस्वीर हालेर सनसनी मच्चाएकी छन् । मिमी चोई नामक महिला आफ्नो ट्यालेन्टलाई इन्स्टाग्राममा शेयर गरिरहेकी हुन्छिन् ।
इन्स्टाग्राममा उनका पाँच लाख फलोअर छन् । फोटोशप नभएर असली फोटा हुन् यी ।
मिमीले मेकअपबाटै यी सबै कुरा गर्छिन् । शरीर र अनुहारमा मेकअप गरेर उनी अप्टिकल इल्युजन गराउँछिन् । मेकअप गरेरै उनी अनुहार गायब पार्छिन् अनि गोडामा नक्कली जुत्ता बनाउँछिन् ।





एजेन्सी