२९ जेठ २०८३, शुक्रबार

हप्ता दिनभित्र सूचीकृत नभए ‘मेटा’ बन्द गर्छौं- मन्त्री गुरुङ

बैशाख १२, २०८२
काठमाडौं
हप्ता दिनभित्र सूचीकृत नभए ‘मेटा’ बन्द गर्छौं- मन्त्री गुरुङ
फाइल फोटो

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो माउ कम्पनी ‘मेटा’लाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिएका छन् ।

आज राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभाग स्तरीय अन्तरक्रियामा मन्त्री गुरुङले मेटालाई तीन पटकसम्म सूचीकृत हुन पत्राचार गर्दासमेत वेवास्ता गरेको उल्लेख गर्दै हप्ता दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिएका हुन् । 

जुन देशमा व्यवसाय गर्‍यो त्यही देशको कानून पालना गर्दिन भन्नु मेटाको अपमानजनक प्रवृत्ति भएको उनको भनाइ थियो ।

'नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियमअनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन ?,' उनले भने, 'एक हप्ताभित्र दर्ता भए हुन्छ, नभए बन्द गर्छौं ।'

मन्त्रालयका सचिव स्तरबाट मेटाका अधिकारीबीच छलफल गरेर सम्पर्क केन्द्र तोक्न ताकेता भइरहेको समेत उनले जानकारी दिए ।

यसअघि टिकटक, भाइबरलगायत सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकृत भइसकेका छन् । यसका साथै अन्य सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयमा सूचीकृत हुन मन्त्री गुरुङले अनुरोध गरे ।

सामाजिक सञ्जाल व्यवस्थित गर्न, समाजप्रति उत्तरदायी र जवाफदेही बनाउन सूचीकरण अनिवार्य रहेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्