१० असार २०८३, बुधबार

दूधौलीका मेयर अधिकारीविरुद्ध बलात्कार मुद्दा

बैशाख १२, २०८२
काठमाडौं
दूधौलीका मेयर अधिकारीविरुद्ध बलात्कार मुद्दा

सिन्धुलीको दूधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ ।

जिल्लाकै एक महिलाले अधिकारीले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले मेयर अधिकारीविरुद्ध बिहीबार जाहेरी परेको लोकान्तरलाई जानकारी दिए । 

'जाहेरी दर्ता भएको छ, अब अनुसन्धान अघि बढाउँछौं,' एसपी  काफ्लेले भने ।

पीडित महिलाले आफू बलात्कृत भएको र सन्तानसमेत जन्मिएको जाहेरीमा उल्लेख गरेकी छिन् । 

मेयर अधिकारी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

salt training

कमेन्ट गर्नुहोस्