०८ असार २०८३, सोमबार

आगलागीबाट ४ वर्षीय बालकको मृत्यु

बैशाख १२, २०८२
गुल्मी
आगलागीबाट ४ वर्षीय बालकको मृत्यु

गुल्मीको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ ।

धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो । 

आज दिउँसो बालबालिका खेल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 'आगलागीपछि मृतककी दिदी गुहार माग्ने क्रममा भाइ गोठमा लुकेर बसेका रहेछन् । बालक गोठभित्र रहेको जानकारी नपाउँदा निजको मृत्यु भयो,' धुर्कोट–१ का वडाध्यक्ष चेतमान कुँवरले भने ।

आगलागीबाट ढुङ्गा, माटोले बनेको दुई तले गोठ जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्