२६ जेठ २०८३, मंगलबार

भारतीय विदेशमन्त्री जयशंकरसँग राजदूत शर्माको भेट

बैशाख १२, २०८२
काठमाडौं
भारतीय विदेशमन्त्री जयशंकरसँग राजदूत शर्माको भेट

भारतीय विदेशमन्त्री एस जयशंकरसँग भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मा भेट गरेका छन् । 

जम्मु काश्मीरको पहलगाममा भएका आतकंकारी हमलापछि बुधबार राजदूत शर्माले भारतीय विदेशमन्त्रीलाई भेटेका हुन् ।

 सो क्रममा मन्त्री जयशंकरले आतकंकारी हमलामा एक जना नेपालीको मृत्यु भएकोमा सdवेदना प्रकट गरे । यसैगरी शर्माले पनि आतंककारी घटनाको विरोध गर्दै मृतकप्रति समवेदना प्रकट गरेको बताइएको छ । भेटबारे जयशंकरले नै एक्समा उल्लेख गरेका छन् । 

उनीहरूको बिचमा नेपाल–भारतको बिच रहेका समग्र सम्बन्धको बारेमा समLक्षा भएको जनाइएको छ । 

वैशाख ९ गते भएको आतकंकारी हमलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर समवेदना प्रकट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्