०१ असार २०८३, सोमबार

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

बैशाख १२, २०८२
हुम्ला
सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन् ।

गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुनेगरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति बेला दुर्गम गाउँबस्ती पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन् ।

यहाँका अधिकांश गाउँबस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको अदानचुली गाउँपालिका–५ स्थानीय दीपबहादुर शाहीले बताए । 

गाउँमा पुगेका यी सडकलाई तुरुन्तै स्तरोन्नति गरी दिन पाए यहाँका स्थानीयलाई थप सुविधा हुने शाहीले बताए ।  अदानचुली गाउँपालिकाका पाँच वडामा सडक सञ्जालमा जोडिएका छन् भने वडा नम्बर ६ को पाल्स र लमही मात्र बाँकी रहेकाले सडकको पहुँचमा छैन । 

वडा नम्बर ६ को लमही र पाल्सका गाउँवस्तीमा सडक पु¥याउने कार्यलाई निकै तीव्रता दिँदै आएको छ । यहाँका अधिकांश बस्तीको बीचबीचमा ठूला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्तीहरू सडक सञ्जालको पहुँचमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए । 

अहिले यहाँका ती ठूला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँबस्तीलाई सडक जोड्ने काम भइरहेको गाउँपालिका अध्यक्ष सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्