
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणले भूकम्पअघिको जस्तै बारपाक बनाउन नसकिएको बताएका छन् ।
१०औँ गोरखा भूकम्प स्मृति दिवसको अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बारपाकको पुराना शैली र संरचना हराएको बताए ।
भूकम्पपछिको पुनःनिर्माणले बारपाकको मौलिकता हराएको भन्दै त्यसलाई उनले उस्तै बारपाक बनाउने एउटा अवसर गुमाइएको बताए । भूकम्पपछि बारपाकमा गर्नुपर्ने धेरैजसो पुनःनिर्माणको काम सम्पन्न भइसकेको र बाँकी रहेका कामलाई छिटो सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।