
काठमाडौं, १४ मंसिर — मानिसबाट गल्ती हुन्छ तर थाहा पाएरै पनि गल्ती गर्नु पनि एक किसिमको कन्फिडेन्स हो । यस्तो कन्फिडेन्स सनी लियोनमा छ ।
हालै सनी लियोनले आफ्नो फिल्म तेरा इन्तजार कपिल शर्माको फिरंगीसँग बक्स अफिस क्ल्याशका बारेमा कुरा गरिन् ।
सनी लियोनले कपिलको फिल्मसँग कुनै क्ल्याश नभएको बताइन् । क्ल्याश शब्द नै बेकार भएको उनी बताउँछिन् ।
सनीका अनुसार, प्रत्येक हप्ता थुप्रै फिल्म रिलिज हुन्छन् । फिल्मले टक्कर दिनका लागि रिलिज गरिँदैनन् भन्छिन् उनी ।
सनीले कपिललाई फिल्मका लागि शुभकामना दिइन् अनि दुवै फिल्मले पैसा कमाउलान् भनी आश गरेको बताइन् ।
तर ट्रेड एनालिस्टहरूका अनुसार, यी दुवै फिल्म चल्ने सम्भावना छैन किनकि यसमा स्टारकास्ट नै गतिलो छैन । सन् २०१७ मा रिलिज भएका थुप्रै फ्लप फिल्मको लिस्टमा यिनको नाम सामेल हुनसक्छ ।
एजेन्सी