११ साउन २०८३, सोमबार

एन्जेलिना जोलीजस्तो बन्न चाहन्थिन्, प्लास्टिक सर्जरीले बनायो कार्टून

मंसिर १४, २०७४
एन्जेलिना जोलीजस्तो बन्न चाहन्थिन्, प्लास्टिक सर्जरीले बनायो कार्टून

काठमाडौं, १४ मंसिर — मानिसहरू आफ्नो फेभरेट स्टारजस्तो देखिनका लागि जे गर्न पनि पछि पर्दैनन् । 

यी १९ वर्षीया युवती प्रसिद्ध अभिनेत्री एन्जेलिना जोलीजस्ती देखिन चाहन्थिन् । 

यी हुन् सहर तबार । इरानमा बस्छिन् । 

उनी एन्जेलिनाकी फ्यान हुन् । उनीजस्तै देखिनका लागि सहरले अनेकौं सर्जरी गराइन् । अहिलेसम्म उनले ५० सर्जरी गराइसकिन् । कतिचोटि त उनको ज्यानै पनि जाने स्थिति आएको थियो । 

उनले एक अन्तर्वार्तामा बताएअनुसार, डाइट कन्ट्रोल गरेर उनले तौल ४० किलो बनाइन् । 

उनी इन्स्टाग्राममा सेल्फी शेयर गरिरहन्छिन् । 

मानिसहरू उनको अनुहार कार्टून क्यारेक्टर कोर्प्स ब्राइड (लाश दुलही) जस्तो देखिन्छ भन्छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्