१५ असार २०८३, सोमबार

ब्राउन सुगरसहित २ जना पक्राउ

बैशाख १५, २०८२
विराटनगर
ब्राउन सुगरसहित २ जना पक्राउ

झापा र मोरङका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको बेलवारी- ४ का २८ वर्षीय विपुल विष्ट छन् । उनलाई प्रहरीले ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्रामसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका- १६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले  प्र १-०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउँदै गरेका विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी १ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगरसहित झापाको मेचीनगर नगरपालिका- ६ का  ३० वर्षीय अविनाश ढकाल पक्राउ परेका छन् ।

उनलाई झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटि सफारीसहित नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्