०१ साउन २०८३, शुक्रबार

शहीद तथा बेपत्ता परिवारसँग प्रचण्डको अन्तरक्रिया, कम्तीमा १ जनालाई रोजगारी दिलाउने आश्वासन

बैशाख १५, २०८२
बर्दिया
शहीद तथा बेपत्ता परिवारसँग प्रचण्डको अन्तरक्रिया, कम्तीमा १ जनालाई रोजगारी दिलाउने आश्वासन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाका शहीद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया गरेका छन् ।

'जनतासँग माओवादी तराई मधेश जनजागरण अभियान'मा रहेका प्रचण्डले शहीद तथा बेपत्ता परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गरेका हुन् ।​ अन्तरक्रियाका क्रममा शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारले संयुक्त रूपमा प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका थिए।

अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।

गुनासाहरू सुनेपछि अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै भने, 'पार्टीले वर्गीय र शहीद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ। हामी सकेसम्म शहीद तथा बेपत्ता परिवारका घरमै बसी दु:ख सुख साट्दै आएका छौं।'

प्रचण्डले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए । उनले भने, 'आयोग बनेपछि शहीद तथा बेपत्ता परिवारका नाममा पार्क बनाइने, प्रमाणपत्र वितरण गरिने र कम्तीमा एक जना सदस्यलाई रोजगारी दिने व्यवस्था सुनिश्चित गरिएको छ। साथै, सार्वजनिक यातायातमा छुटसहित गणतन्त्र सेनानीका रूपमा सम्मान दिने व्यवस्था पनि विधेयकमा समावेश गरिएको छ।'

बर्दिया जिल्ला राज्यद्वारा सबैभन्दा बढी व्यक्तिहरू बेपत्ता पारिएको जिल्ला भएको अध्यक्ष प्रचण्डले स्मरण गराए ।

salt training

कमेन्ट गर्नुहोस्