२३ असार २०८३, मंगलबार

भारतमा मन्दिर जाँदै गरेको गाडी दुर्घटना, १२ जनाको मृत्यु

बैशाख १५, २०८२
काठमाडौं
भारतमा मन्दिर जाँदै गरेको गाडी दुर्घटना, १२ जनाको मृत्यु

भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतबार भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

उनीहरू मन्दिर जाँदै गर्दा चढेको सवारी साधन अनियन्त्रित भई इनारमा खसेको प्रहरीले जनाएको छ ।

स्थानीय समाचार अनुसार सवारीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यसपछि चालकको नियन्त्रण गुम्दा इनारमा खसेको हो । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भयो ।

इनारमा खसेका यात्रुहरूलाई बचाउन प्रयास गर्ने एक व्यक्तिको पनि ज्यान गएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्