२९ जेठ २०८३, शुक्रबार

धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बैशाख १५, २०८२
काठमाडौं
धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाहीको धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध  ७ लाख ७९ हजार २०५ बिगो कायम गरेर मुद्दा दायर गरेको हो । 

धनकौल गाउँपालिकाका-६ स्थित कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इस्टिमेट बमोजिम काम नगरी मिलेमतोमा रकम अनियमितता गरेको आयोगले जनाएको छ । 

आयोगले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाँचौं मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी तथा वडा नं. ६ का वडा अध्यक्ष श्याम बाबु साहविरुद्ध आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

तोकिएको सर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाई बनाएर ७ लाख ७९ हजार २०५ रूपैयाँ भन्दा बढी रकम भुक्तानी लिई/दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्