२९ असार २०८३, सोमबार

उत्तर कोरियाका शासकहरूलाई पूरै सिध्याइदिने अमेरिकाको चेतावनी

मंसिर १४, २०७४
उत्तर कोरियाका शासकहरूलाई पूरै सिध्याइदिने अमेरिकाको चेतावनी

काठमाडौं, १४ मंसिर — अमेरिका युद्ध भड्किएमा उत्तर कोरियाको नेतृत्वलाई पूर्णतया सिध्याइदिने चेतावनी दिएको छ । 

तर अन्य देशले उत्तरसँग सम्बन्ध तोड्नुपर्ने अमेरिकाको आह्वानलाई रुसले अवज्ञा गरेको छ भने चीनले पनि उत्तरविरुद्ध इन्धन नाकाबन्दी लगाउने वार्तामा भाग लिन मानेन । 

बुधवार भएको सुरक्षा परिषद्को बैठकमा वाशिङटनले उत्तरविरुद्ध कडा कारवाही गर्नुपर्ने आह्वान गरेको थियो । उत्तरले अमेरिकासम्म पुग्न सक्ने अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यो आपत्कालीन बैठक डाकिएको थियो । 

‘उत्तर कोरियाका तानाशाहले हिजो विश्वलाई युद्धतर्फ धकेल्ने विकल्प छानेका छन्,’ संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले परिषद्लाई भनिन् । 

‘युद्ध भएमा उत्तर कोरियाको नेतृत्व पूरै ध्वस्त हुनेछ,’ उनले थपिन् । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले किम जोङ–उनलाई ‘बिरामी छाउरो’ भने अनि प्योङयाङविरुद्ध नयाँ नाकाबन्दी लगाउने बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्