२९ जेठ २०८३, शुक्रबार

खुम्बु क्षेत्रमा भारी हिमपात, एक अमेरिकी पर्यटक सम्पर्कविहीन

बैशाख १५, २०८२
सोलुखुम्बु
खुम्बु क्षेत्रमा भारी हिमपात, एक अमेरिकी पर्यटक सम्पर्कविहीन

उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ । हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् ।  

खुम्बु क्षेत्रमा रेहका ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन् । 

‘हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर संख्या यकिन भइसकेको छैन’, उनले भने । 

स्थानीयवासी साङ्गे शेर्पाले बेमौसमी हिमपातका कारण जनजीवनमा असर परेको बताए । 

यसैबीच, सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन् ।

‘उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियो । त्यसपछि सम्पर्कमा आउनुभएको छैन’, उनले भने । हिमपातका कारण खोजी गर्न समस्या भएको छ ।     
     
हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ । अधिकांश आरोहीहरू आधार शिविरमै रोकिएका छन् । प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्