
काठमाडौं, १४ मंसिर -सरकारले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पौष २७ पृथ्वीजयन्ती पर्छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वीनारायण शाहको योगदानको मूल्यांकन गर्दै बिदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिए।