
‘एलओडी क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी उभिन सक्दिन थियौं। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भुपेन कुँवर दार्शनिक सुनिए ।
उनका अनुसार क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् । यो क्लबको मेरुदण्ड कर्मचारीहरू हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्याएको कुँवर बताउँछन् । ‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौ । यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस भनेर सम्मान गरेर पठाउँछौं । हामी नेपाली समाजदेखि टाढा छैनौं,’ उनले उल्लेख गरे ।
'क्लबमा दैनिकजसो आउने पाहुना सौभाग्यको एक अंश लाग्थ्यो । हामीले यहाँ आएका पाहुनालाई निराश होइन कसरी खुसी बनाएर पठाउन सकिन्छ त्यसैमा घोत्लिन्थ्यों, सोमबार राति क्लबको स्टेजमा उभिएर उनले भने, 'ठमेल धेरै नेपालीका लागि सपनाको गल्ली हो । जहाँ जोसुकै सहजै पुग्दैनन् । साप्तिक बिदा विशेष कार्यक्रममा मात्र पुग्छन् ।'
ठमेल किन कोही किन आउँछन होला ? यो प्रश्नले उनलाई धेरै समयसम्म घोचिरह्यो । ठमेल, रात्रीकालीन जीवन वा जीवनका बारेमा सबैका आ-आफ्ना अनुभव छन् । अझ भनौँ तीता-मिठा अनुभव सबैसँग हुन्छन् । मानिससँग कति अनुभव र तनाव छ । तीनै तनावका कथाले भुपेनलाई पनि छोपेको थियो ।
अनि उनले सोचे –ठमेल आउनुको एउटै कारण थियो मनको व्यथा भुल्न । सोमबार साँझ ठमेलस्थित एलओडी क्लबले विश्वकै ४४औँ उत्कृष्ट बनेको अवसरमा उत्सव मनायो । जहाँ उनले कोही किन ठमेल आउने र एलओडीमै किन जाने बताइरहेका थिए । एलओडीले यो ठाउँमा जग गाडेर ६ वटा वसन्त पार गरिसकेको उनले बताए । ‘हाम्रा पाहुनाहरूलाई संगीतको आनन्द र विभिन्न खालका मनोरञ्जन प्रदान गरेर सुमधुर वातावरण बनाउने प्रयास गरिरहेका छौं,’ कुँवरले भने,’ हामीबाट टाढा गएका पाहुना तथा कहिले नआएका पाहुनाहरूलाई यहाँसम्म ल्याउनु नै हाम्रो कर्म रहेको छ ।‘

क्लबको पहिलो प्राथमकिता एकपटक आइसकेका पाहुनालाई पुनः फर्काउने हो । क्लबको अनुशासित वातावरण र कर्मचारीको आतिथ्यता तथा सत्कार पहिलो गहना बनेको छ । मृदुभाषी कर्मचारी र पाहुनाहरूलाई सुरक्षित राख्न सक्नु क्लबको दायित्त्व हो । डीजे म्युजिकले संगीतका पारखीलाई मजाले आकर्षण गरेको छ । जसले यहाँ बसेर र खाएर मनोरञ्जन लिन सक्छन् ।
रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । 'व्यवसायमा उतारचढाव आइरहँदो रहेछ यसलाई व्यवसायीले सिकाइको रूपमा र थप मजुबत हुने अवसरको रूपमा लिनुपर्ने रहेछ,’ उनले अनुभव सुनाए ।
क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृति ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे । निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता-कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।
उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ र? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको शुरूआत एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे,’ यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ । अहिले काठमाडौं आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।'
उनी ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिच्किचाउने गरेको विगत सुनाउँछन् । यहाँबाट मँहगी र विकृतlको सन्देश बाहिर गयो । हामीले विकृती नभई सभ्य व्यवसाय गरेकाले राम्रो सन्देश दिन सफल भएको उनले गौरवसाथ सुनाए ।
व्यवसायमा आउनु ठूलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ ।
क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे । ‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई कसरी बढीभन्दा बढी मार्केटिङ गर्ने भनेर अगाडि गइन्छ,’ उनले थपे,’ सासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूला- ठूला कार्यक्रम गर्ने योजना छ । ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाइनेछ ।‘