२७ जेठ २०८३, बुधबार

बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्

बैशाख १६, २०८२
काठमाडौं
बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्

काठमाडौंको बालाजुमा एक महिलाले आफैंलाई आगो लगाएकी छन् । 

काठमाडौं महानगरपालिका–१६ स्थित जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले लोकान्तरलाई जानकारी दिए ।

गएराति १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजारस्थित पिपल्स अस्पताल लगेका थिए । 

चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । 

उनका अनुसार श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएकी हुन् ।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्