
स्पेनको विद्युत कम्पनी रेड इलेक्ट्रिकाले देशभर बिजुली आपूर्ति बन्द भएको बताएको छ । अब उनीहरू बिजुली पुनर्स्थापित गर्ने र ब्ल्याकआउटको कारण बुझ्ने प्रयास गरिरहेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बिजुली कटौतीका कारण पोर्चुगलको अवस्था पनि खराब छ । ट्राफिक लाइटहरूले काम गर्न छोडेका छन्, लिस्बन र पोर्टो शहरहरूमा मेट्रो सेवाहरू रोकिएका छन् र रेलहरू चलिरहेका छैनन् ।
यसका साथै स्पेनमा आयोजना हुने म्याड्रिड ओपन टेनिस प्रतियोगिता पनि बिजुली कटौतीका कारण रोकिएको छ ।
पोर्चुगिज एयरलाइन्स ट्याप एयरले अर्को सूचना नआएसम्म यात्रुहरूलाई विमानस्थल नजान अपील गरेको छ ।
ब्ल्याकआउटका कारण लाखौं मानिसहरू बिजुलीविना बाँच्न बाध्य भएको छ। युरोन्यूज पोर्चुगलका अनुसार पोर्चुगल र स्पेनका राजधानीहरूमा धेरै मेट्रो रेलहरू स्टेशनहरू बीचको सुरुङमा अड्किएका छन् ।
दूरसञ्चार सेवासँगै स्पेन र पोर्चुगलका नागरिकहरूले पनि मोबाइल नेटवर्कमा पहुँच नभएको गुनासो गरेका छन् ।