२८ जेठ २०८३, बिहीबार
संसद्‌मा विपक्षीको विरोध

संसद्‌मा दर्ता जरूरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माओवादीको माग

बैशाख १६, २०८२
काठमाडौं
संसद्‌मा दर्ता जरूरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माओवादीको माग
फाइल तस्वीर

नेकपा (माओवादी केन्द्र)ले शिक्षकका माग सम्बोधन गर्न विपक्षी दलको तर्फबाट प्रतिनिधि सभामा दर्ता गराइएको जरूरी सार्वजनिक महत्वको प्रस्ताव यथाशीघ्र छलफल गराउन माग गरेको छ । 

मंगलवार बसेको प्रतिनिधि सभा बैकको शुरूमै सभमुखसँग समय लिएर माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गराउन माग गरेका हुन् । 

त्यसपछि एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले सरकारले वार्ता प्रक्रिया शुरू गरेकोले सदनको ध्यानाकर्षण भएको बताए । उनले जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल जरुरी नरहेको आशय राखेका थिए ।

त्यसपछि माओवादी सचेतक पाण्डेले आफूहरूले सरकारको जवाफ चाहेको बताए । ‘शिक्षकका समस्या समाधान खोज्न जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हौं । सरकारबाट जवाफ माग गरेका हौं, कुनै सांसदको जवाफ होइन । जरुरी जरूरी महत्वको प्रस्तावमाथि छलफलको वातावरण बनाउन माग गर्छु’ पाण्डेले भने । 

त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको प्रतिनिधि मन्त्री संसदमा रहेको र सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए । यसअघि बैठक शुरू हुनुअघि सरकारका मन्त्रीले समय नदिएकोले आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न नसकिने बताएका थिए । 

माओवादी केन्द्रलगायत दलले हिजो मात्र जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्