२८ जेठ २०८३, बिहीबार

पोखरीमा डुबेर २ बालकको मृत्यु

बैशाख १६, २०८२
महोत्तरी
पोखरीमा डुबेर २ बालकको मृत्यु

महोत्तरीको मनराशिसवा नगरपालिका- १ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विकेश सिंहका १० वर्षीय छोरा ​शुभमकुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका- ९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने रूपेश सिंहका ९ वर्षीय छोरा ​आयुषकुमार सिंह रहेका छन् ।

उनीहरूको सोमबार राति मृत्यु भएको हो ।

पोखरीमा डुबेर अशक्त भएका उनीहरूको नगर अस्पताल मनरामा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्