२२ जेठ २०८३, शुक्रबार

गर्भवती किशोरीको हेलिकप्टरमार्फत उद्धार

बैशाख १६, २०८२
हुम्ला
गर्भवती किशोरीको हेलिकप्टरमार्फत उद्धार
फाइल फोटो

हुम्लाको सिमकोट गाउँपालिका– २ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

सुत्केरी हुने समय डेढ महिना बाँकी छँदै पुष्पा बोहरा भण्डारीको आज बिहान उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन् ।

आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताइन् ।​ ​

प्रसव व्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार गरिएको हो ।

भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधासम्पन्न अस्पताल सुर्खेत पठाइएको हो । 

भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो ।

हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पुर्‍याएलगत्तै उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्