बुटवल, ६ माघ– रुपन्देहीमा सुनको माग अनुसारको आपूर्ति नभएको भन्दै सुनचाँदी व्यवसायीले बुधबार र बिहीबार सुनचाँदी पसल बन्द गर्ने निर्णय गरेको खबर आजको गोरखापत्र दैनिकमा खबर छ ।

सुनचाँदी पसल बन्द भएका कारण ग्राहकहरुले सास्ती बेहोर्नु परेको छ । सुनचाँदी व्यवसायी संघ रुपन्देहीले सुनको माग अनुसारको आपूर्तिको व्यवस्था गर्न प्रमुख अधिकारीमार्फत अनुरोध गरेपनि सरकारले वेवास्ता गरेको कारण पसल बन्द गर्न बाध्य भएको व्यवसायीको भनाई छ ।