०३ साउन २०८३, आइतबार

झुट्टा प्रमाणपत्र पेस गरी मावि शिक्षक बनेका टिकाबहादुरविरुद्ध विशेष अदालतमा मुद्दा

बैशाख १६, २०८२
काठमाडौं
झुट्टा प्रमाणपत्र पेस गरी मावि शिक्षक बनेका टिकाबहादुरविरुद्ध विशेष अदालतमा मुद्दा

सिरहाको महावीर माध्यमिक विद्यालय, चैनपुरमा कार्यरत शिक्षक टिकाबहादुर मगरविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

झुट्टा कागजात पेश गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगरविरुद्ध आरोपपत्र दायर गरेको हो । 

शिक्षक सेवा आयोगबाट निमावि तहको अध्यापन अनुमति प्राप्त गरेका मगरले उक्त अनुमति पत्रलाई माध्यमिक तहको झुट्टा प्रमाण बनाएर पटक–पटक विद्यालयमा पेस गरेका आयोगले जनाएको छ  ।

उनी सोही आधारमा हालसम्म माध्यमिक तहका शिक्षकका रूपमा कार्यरत रहँदै आएको र राष्ट्रसेवक कर्मचारीका रूपमा ओहदा, सेवा, सुविधा र लाभ लिइरहेको अख्तियारले जनाएको छ।

यसरी झुट्टा प्रमाणपत्र पेस गरी पद प्राप्त गर्नु भ्रष्टाचारजन्य कसुर भएको ठहर गर्दै आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अनुसार सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्