०४ असार २०८३, बिहीबार

मनमोहन स्मृति क्रिकेटः कोशी प्रदेश विजयी

बैशाख १६, २०८२
विराटनगर
मनमोहन स्मृति क्रिकेटः कोशी प्रदेश विजयी

मनमोहन कप फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेश विजयी भएको छ । 
विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको ‘बि’ समूहको पहिलो लिग खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव तीन बलमा सबै विकेट गुमाइ ९३ रन बनायो । कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले १५–१५ रन बनाए ।

पुलिसका सुनिल दौल्यानले आठ ओभरमा २५ रन दिएर पाँच विकेट लिएका थिए भने विपिन कार्की र चित्र विष्टले दुई–दुई विकेट लिए  । जवाफमा ९४ रन पछ्याएको पुलिसले २४ दशमलव पाँच बलमा सबै विकेट गुमाइ ५६ रन मात्र बनायो ।

कोशीको जितमा प्रेम कामतले नौ ओभरमा १५ रन दिएर पाँच विकेट लिएका थिए । कामत ‘प्लेयर अफ म्याच’ भए । बुधबार समूह ‘बि’ को दोस्रो लिग खेल कोशी प्रदेश र भारतको आसाम क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्