२८ जेठ २०८३, बिहीबार

मध्यरातमा पाकिस्तानका मन्त्रीको बयान - आगामी ३६ घण्टाभित्र भारतले सैन्य कारबाही गर्न सक्छ

बैशाख १७, २०८२
काठमाडौं
मध्यरातमा पाकिस्तानका मन्त्रीको बयान - आगामी ३६ घण्टाभित्र भारतले सैन्य कारबाही गर्न सक्छ

भारतले आगामी २४-३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्न सक्ने पाकिस्तानले दाबी गरेको छ । 

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले ३६ घण्टाभित्र भारतले पाकिस्तानमा सैन्य कारबाही गर्न सक्ने गुप्तचर जानकारी प्राप्त भएको बताएका छन् ।

अताउल्लाह तरारले आज बिहान ३ बजे आफ्नो एक्स खातामा एउटा भिडियो पोस्ट गरेका छन् । भिडियोमा, तरारले भनिरहेका छन्, 'पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ कि भारतले पहलगाम घटनामा संलग्नताको आधारहीन र बनावटी आरोपको बहानामा आगामी २४-३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको छ।'

पाकिस्तान आफैं आतंकवादको शिकार भएको उनको भनाइ छ । 

तरारले भनेका छन् कि पाकिस्तानले भारतले गरेको कुनै पनि सैन्य कारबाहीको निश्चित र निर्णायक जवाफ दिनेछ।

यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पनि एक अन्तर्वार्तामा भारतले चाँडै आक्रमण गर्ने बताएका थिए।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गउको थियो । त्यसयता भारत र पाकिस्तानबीच तनाव बढेको छ।

salt training

कमेन्ट गर्नुहोस्