
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मंगलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।