०३ साउन २०८३, आइतबार
रेशम पुन: पक्राउ

पार्टी एकता घोषणा स्थलबाटै पक्राउ परे रेशम चौधरी

बैशाख १७, २०८२
काठमाडौं
पार्टी एकता घोषणा स्थलबाटै पक्राउ परे रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी पक्राउ परेका छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकताको गर्ने कार्यक्रममा पुगेका चौधरी पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतले टीकापुर घटनामा थुनामा राख्न आदेश गरेको भएर फैसला कार्यान्वयनको लागि पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले लोकान्तरलाई बताए ।

बुधवार दिउँसो नागरिक उन्मुक्तिसँग जनमतको एकता कार्यक्रम तय भएको छ । 

एकता कार्यक्रममा सहभागी हुन दुवै पार्टीका कार्यकर्ता प्रज्ञा प्रतिष्ठानमा भेला भइसकेका छन् ।

null

२०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आमाफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् । 

रेशम पक्राउसँगै नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता प्रक्रियामा सन्देश उत्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्