१५ असार २०८३, सोमबार

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा

बैशाख १७, २०८२
काठमाडौं
पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न फोटो यात्रा

नेपाल फोटो पत्रकार सङ्घ कास्कीले विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि फोटो यात्रा अभियान शुरू गरेको छ ।

हरेक गन्तव्यको प्रवर्द्धनका लागि फोटोको विशिष्ट महत्त्व हुने कुरालाई दृष्टिगत गर्दै फोटो यात्रा अभियान शुरू गरिएको नेपाल फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले जानकारी दिए ।

अभियान स्वरूप थालिएको फोटो यात्राका क्रममा सङ्घले होटल बाराही ग्रुपको सहयोगमा चितवनको मेघौली र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ को सहयोगमा उक्त वडाको आर्वास्थित महाप्रभुधामलाई समेटिसकेको उनले बताए ।

अभियानलाई व्यवस्थित एवं दीर्घकालीन रुपमा सञ्चालन गर्ने लक्ष्यका साथ संघले अक्षयकोष स्थापना गरी यसलाई विस्तार गर्ने योजनासमेत अघि बढाएको छ ।

अध्यक्ष गुरुङ र सदस्य सञ्जय शाक्यले जनही रु १०/१० हजार जम्मा गरी सुरु गरिएको अक्षय कोषको विस्तारका लागि सम्बद्ध सबैसँग आह्वानसमेत गरिएको छ ।

यस अभियानका माध्यमबाट देशका विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्