करेन्ट लागेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ ।
दुधौली नगरपालिका-१२ शनिटार बस्ने ५८ वर्षीय मोहन बहादुर घिसिङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको दुधौली नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।